काठमाडौँ, ३० चैत । मोबाइल लुट्दै बैंकिङ प्रणालीमा पहुँच पुर्याएर रकम ट्रान्सफर गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोबाइल लुट्दै बैंक खाता तथा वालेटमा रहेका दुई लाख २७ हजार बराबरको रकम ट्रान्सफरमा संलग्न तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-११ का समिर तामाङ, दोलखा मेलुङ -५ का…