चितवनमा एकजना महिला मृत फेला

काठमाडौँ, २३ चैत । चितवनमा एकजना महिला मृत फेला परेका छन् । प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका-२ लीलाचोकस्थित साल्ट ट्रेडिङनजिकको झाडीमा नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीया महिला आज मृत अवस्थामा फेला परेकी छिन् ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।