काठमाडौं, १४ कात्तिक । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राऊ गरेको छ । शनिबार राति मादक पदार्थ सेवन गरी बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ परखेडीका ५० वर्षीय करन सिंहलाई प्रहरीले पक्राउ गरेको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।