काठमाडौँ, १६ कार्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न समयसीमा तोकेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमणलाई मध्यनजर गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने निर्णय गरेको हो