सिरक–डसना पसलमा भीषण आगलागी 

काठमाडौँ, २९ कार्तिक । रौतहटको गौर नगरपालिका–५ हनुमान चोक नजिकै रहेको वीरेन्द्र चौरसियाद्वारा सञ्चालित एउटा सिरक–डसना पसलमा आज दिउँसो भीषण आगलागी भएको छ । दिउँसो करिब अढाई बजेतिर भएको यस आगलागीमा पसलभित्रका सबै सामग्री जलेर नष्ट भएका छन् ।  प्रारम्भिक अनुसन्धानअनुसार करेन्ट सर्टका कारण जस्ताको छानो भएको कच्ची घरमा रहेको यस पसलमा आगो लागेको हो…