हेटौंडा, ३० कार्तिक । मकवानपुरको बकैया गाउँपालिकाका एक बालकको खोलामा डुबेर मृत्यु भएको छ । बकैया-९ शिखरपुरका ७ वर्षीय बालक अविराज घलानको खोलामा डुबेर मृत्यु भएको हो । उपचारका निम्ति तत्काल हेटौंडा अस्पताल पुर्याएकामा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बाबुआमासँग खेतमा धानको बिटा उठाउन गएको अवस्थामा उनी खेत नजिकको…