रिउखोलाको किनारमा एकजनाको शव फेला

काठमाडौँ, १५ कार्तिक । चितवनमा घुँगी खोज्न गएका एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी नगरपालिका–१ का ६५ वर्षीय बुद्धिराम बोटको मृत्यु भएको हो । शुक्रबार दिउँसो रिउखोलामा घुँगी खोज्न निस्किएका थिए । आज बिहान रिउखोलाको किनारमा दलदलमा उनको शव भेटिएको हो । उनको शवको परीक्षणका निम्ति भरतपुर अस्पताल ल्याइएको छ…