काठमाडौँ, १४ माघ । बैदेशिक रोजगारीमा पठाइदिने भन्दै करिब २८ लाख रुपैयाँ ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौँ तारकेश्वर नगरपालिका–२ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ३८ वर्षीय कृष्णजी थापा, काठमाडौँ महानगरपालिका–३१ बस्ने सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ घर भएका २२ वर्षीय अनिल कुमार साह र काठमाडौँ चन्द्रागिरी नगरपालिका–३ बस्ने ललितपुर, ललितपुर…