काठमाडौँ, १२ माघ । झापामा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै ५५ जना नयाँ कुष्ठरोगी फेला परेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार पुस मसान्तसम्म फेला परेका यी नयाँ बिरामीमध्ये एक जना बालबालिका समेत रहेका छन् । जिल्लाका १५ पालिकाहरूमध्ये दमक नगरपालिका र कचनकवल गाउँपालिका कुष्ठरोगबाट सबैभन्दा बढी प्रभावित देखिएका छन् । यी…