विराटनगर, ७ मंसिर । सीमा क्षेत्रबाट हुँदै आएको तस्करीको सामान नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । आइतबार बिहान करिब ४ बजे विराटनगर महानगरपालिका-१७ मटेरुवामा तस्करको समूहसँग घम्साघम्सी परेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । प्रहरी र तस्कर समूहबीच भएको घम्साघम्सीका क्रममा एकजना प्रहरी जवानको हातमा सामान्य चोट लागेको…