भोजपुर, ७ भदौ । भोजपुरमा तीन जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । पिसिआर रिपोर्ट पोजेटिभ हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन् । यही भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उहाँहरुलाई जिल्ला प्रवेश गर्नुपूर्व अरुण गाउँपालिका–६ जरायोटारमा निर्माण गरिएको होल्डिङ एरियामा राखिएको थियो…