भक्तपुर, २५ साउन । भक्तपुरको जगातीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति बा १९ च ३३८४ नम्बरको जीप र बा ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर कमलविनायकका २९ वर्षका सुमन कटुवालको भक्तपुर अस्पतालमा मृत्यु भएको हो । सो दुर्घटनापछि फरार रहेका जीप चालकको खोजी भइरहेको…