सप्तरी,७ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका-१ मा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ । सोमबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३६ प ५३०६ नम्बरको मोटरसाइकलमा सवार अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका-१ का ३८ वर्षीय वडाध्यक्ष सुशीलकुमार चौधरी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका थिए । घाइते वडाध्यक्ष चौधरीलाई उपचारका लागि…