काठमाडौँ, १६ असोज । चन्द्रागिरी नगरपालिकाको त्रिभुवन पार्क नजिकै एक युवकको शव फेला परेको छ । चन्द्रागिरी नगरपालिका वडा नं.४ त्रिभुवनपार्क नजिकैको खोलामा नाम थर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव मृत फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । गहुँगोरो वर्ण, उचाइ ५ फिट १ इन्च, कालो जिन्स पाइन्ट लगाएको मंगोलियन अनुहार…