पोखरा, ११ भदौ । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा गण्डकी प्रदेशस्तरिय बालिका अधिकार सम्बन्धी पैरबी तालिम मंगलबार सम्पन्न भएको छ । पोखरामा आइतबारदेखि तीन दिनसम्म सञ्चालीत तालिममा गण्डकी प्रदेशमा बालिकाको क्षेत्रका कार्यरत ५२ जनाको उपस्थिती रहेको थियो । ९ जिल्लाका प्रतिनिधीहरुको विभिन्न १७ वटा संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको यो तालिमको सहजीकरण बाल…