काठमाडौँ, १३ असोज । ठेकेदार कम्पनी, तारकेश्वर नगरपालिकाका पदाधिकारी, कर्मचारी र सडक विभागको गैरजिम्मेवारीका कारण तारकेश्वर सडकखण्ड अलपत्र परेको छ । सडक निर्माण सुरु भएको वर्षौंसम्म पनि निर्माण कार्यमा ढिलाइ हुँदा तारकेश्वर नगरपालिकाका लाखौं सर्वसाधारण हैरानी भोग्न बाध्य छन् । नगरपालिकामा निर्माणाधीन शेषमती–सानोपुल–सनफ्लावर स्कुल–बोहोराटार सडकखण्ड र अष्टनारायण–शेषमती–लामबगर–काभे्रस्थली सडकखण्ड निर्माण सुरु भएको लामो समयसम्म पनि अलपत्र…