काठमाडौँ, २५ चैत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दी ताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२ हजार थान इन्डक्सन चुलो कोभिड–१९ का कारण बन्दाबन्दीमा मात्र सकिएका हुन् । कम्पनीले सूचना जारी गर्दै इन्डक्सन चुलो सकिएको जानकारी गराएको छ । बन्दाबन्दीका…