मोटरसाइकल र ट्रक ठोक्किदा एक जनाको मृत्यु

चितवन, १६ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल र ट्रक ठोक्किदा १ को मृत्यु भएको छ । आइतबार राति भरतपुर महानगरपालिका–२९ खहरे पुलमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख २६५९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा ८० प ८६५७ नम्बरको मोटरसाइकल ठोक्किदा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।…