चितवन प्रेसर कुकर बम सेनाद्वारा डिस्पोज

चितवन, १० असार । चितवनको खैरहनीमा प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–८ मगनी चोकमा आज बिहान ५ बजे प्रेसर कुकर बम फेला परेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले ७ बजे उक्त बम निश्क्रिय पारेको हो ।