काठमाडौँ, १० भदौ । काठमाडौँ महानगरपालिका-३१ ठुलो खरीबोट चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ सिनामंगल बस्ने काभ्रे घर भएका २८ वर्षीय मनोज तिमल्सिना र काठमाडौं सिनामंगल बस्ने भारत मोतिहारी घर भएका २३ वर्षीय अरुण कुमार जैसवाल रहेका छन्…