काठमाडौँ, २ असार । देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको साथै एक सातायता बढेको तापक्रम सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराइमा भने सोमबार पनि हिजोअस्ती जस्तै गर्मी हुने सम्भावना रहेको बताइएको छ । केही दिनदेखि बढिरहेको गर्मीका कारण तराई क्षेत्रको जनजीवन भने प्रभावित भएको छ…