रसुवा, २६ जेठ । रसुवा र नुवाकोटमा उत्पादन हुने विद्युत् जोड्नका लागि निर्माण गरिएको त्रिशूली – मातातीर्थ २२० केभी प्रसारण लाइनको आइतबार ‘ओभर हेड टेष्ट’ गरिने भएको छ । ओभरहेड टेष्ट गरेपछि प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आउने छ । यसअघि प्रसारण लाइनको चार ओटै सर्किटको केबल टेष्ट गरिएको थियो । प्रसारण लाइन सञ्चालनमा ल्याउनु…