पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

चितवन, २४ जेठ । पृथ्वी राजमार्गको सवारी आवागमन अवरुद्ध भएको छ । राजमार्गको मुग्लिन–नौबीसे सडक खण्डमा पर्ने मौवाखोलामा पहिरो खसेपछि शुक्रबार बिहानैदेखि राजमार्गको सवारी आवागमन प्रभावित भएको हो । बिहान करिब ३ः३० बजे खसेको पहिरोले सडक पुरिएपछि दुवैतर्फ सवारी रोकिएको चितवन प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । ठूलो पहिरो खसेकाले…