काठमाडौँ, २० साउन । अबको तीनदिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्युनचापीय रेखा औसतको ठाउँभन्दा केही उत्तरतर्फ (नेपालतर्फ) सरेकाले अबको तीन दिन पानी पर्ने सम्भावना भएको महाशाखाले जनाएको छ । सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद बासीले…