काठमाडौँमा एनसेलका दुई टावरमा आगजनी : सेवा अवरुद्ध

काठमाडौँ, २९ पौष । राजधानी काठमाडौँमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौँको दक्षिणकाली नगरपालिका-८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो । आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ । आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । नेत्रविक्रम चन्द (विप्लव) समूहको संलग्नता रहेको…