प्रहरी चौकीमा ढुङ्गा मुढा गर्ने ५ जना पक्राउ

कञ्चनपुर, १४ चैत ।  कन्चनपुरको अस्थायी प्रहरी चौकीमा ढुङ्गा मुढा गर्ने पाँचजना पक्राउ परेका छन् । बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा गएराति १० बजे चौकी नजिकै जम्मा भएर हल्ला गर्दा प्रहरीले सम्झाउन खाजेपछि उल्टै चौकीमा ढुङ्गा मुढा गरेका उनीहरु आज पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चम्फापुरका विकास विष्ट, धीरेन्द्र चन्द, ईश्वर चटौत, धीरेन्द्र रावल र…