ढिस्कोले पुरिएर विकको मृत्यु, दुई घाइते

उदयपुर, १७ चैत । कटारी नगरपालिका–११ मा माटोको ढिस्कोले पुरिएर लीलाबहादुर विक मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सोलु करिडोरको ३२ केभीए प्रसारण लाइनका लागि हाइस्टेशनमा फलामको पोल गाड्न खाल्डो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर कम्पनीका कामदार स्थानीय विकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटनामा…