काठमाडौँ, २६ माघ । काठमाडौँ महानगरपालिकाले सबै वडामा विपद्का समयका लागि एउटा वडाबाट ४० स्वयंसेवक राख्ने भएको छ । प्रत्येक वडाबाट ४० स्वयंसेवक तयार गर्नका लागि सम्बन्धित वडामा तालिम सञ्चालन गरिने साथै तालिम प्राप्त स्वयंसेवकलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराइने समेत काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरका सबै वडामा १४ सदस्यीय विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन…