काठमाडौं, २४ माघ । काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा वर्षा भइरहेको छ भने दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानहरुमा हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले अहिले काठमाडौं उपत्यकासहित पश्चिम क्षेत्रमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार, न्यून चापीय प्रणालीका असरले काठमाडौंलगायत देशका पूर्वीभेगमा शनिबारसम्मै वर्षा भइरहने जनाएको छ । सुदूर पश्चिमका जिल्ला दार्चुला,…