भोजपुर, ११ भदौ । भोजपुरमा आफ्नो श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ, तामाङकै सासू ४५ वर्षीया पम्फा तामाङ र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ३५ वर्षीय पूर्णबहादुर…