काठमाडौँ, ९ साउन । आज देशको पूर्वी एवं पश्चिम तराइका केही भु-भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘मनसुनको न्यून चापिय रेखा नेपालको पहाडी क्षेत्रबाट तराई भू-भाग हुँदै दक्षिणतिर सरेको छ जसका कारण पहाडी क्षेत्रमा पानी पर्ने क्रम घट्दै गएको छ तर पूर्वी-पश्चिम तराई भू-भागमा भने भारी वर्षा हुने’ महाशाखाले जनाएको…