काठमाडौं, २७ वैशाख । मलेसियाले विश्वकै सबैभन्दा बृद्ध प्रधानमन्त्री पाएको छ । आधुनिक मलेसियाका संस्थापक र सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका महाथिर मोहमद पुनः प्रधानमन्त्री बन्न लागेका हुन् । उनी ९२ बर्षका छन् । आफूले नेतृत्व गरेको पार्टी र आफैंले नेता बनाएकालाई पराजित गर्दै महाथिर सत्ताको नेतृत्वमा फर्केका हुन् । उनले मलेसियामा पुनः विधिको शासन…