काठमाडौँ, ३१ जेठ । नेपाल प्रहरी संगठनबाट गतवर्षको जेठमा नगद पुरस्कार सहित ‘उत्कृष्ट प्रहरी निरीक्षक’को रुपमा पुरस्कृत प्रहरी निरीक्षक राजु लामालाई चौधरी समूहद्वारा सञ्चालित क्याम्पियन काठमाडौं स्कुल गहनापोखरीले बिहीबार सम्मान गरेको छ । सो विद्यालयका प्राचार्य खेमराज देवानले विद्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी निरीक्षक लामालाई खादा लगाई मायाको चिनो दिएर सम्मान गरेका हुन । महानगरीय प्रहरी…