काठमाडौँ २८ मसीर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज भेटी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतगणना भइरहेका विषयमा जानकारी गराएका छन् । सो अवसरमा राष्ट्रपतिले नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण कोसेढुंगाको रुपमा रहेको निर्वाचन निर्दिष्ट समयभित्रै शान्तिपूर्ण रुपमा ठूलो जनसहभागिताका साथ उल्लासमय वातावरणमा सम्पन्न भएकामा नेपाल सरकार,…