इस्लामाबाद, ३० साउन । पाकिस्तानका राष्ट्रपति ममनुन हुसेनसँग चिनियाँ उपप्रधानमन्त्री वाङ याङले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । पाकिस्तानको ७०औं स्वतन्त्रता दिवसका अवसरमा चिनियाँ टोलीनै आएकोमा हुसेनले चीन प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । पाकिस्तान र चीनको सम्बन्ध फलाम जस्तै बलियो भएको बताउदै उहाँले पाकिस्तानको विदेश नीतिका कारण चीन र पाकिस्तानको सम्वन्धमा कुनै समस्या नभएको…