असोज ८, रोल्पा । रोल्पामा आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका–६ डुब्रिङका ५१ वर्षीय कुलबहादुर विकले आफ्नै घरमा रहेको बन्दुकले आफैलाई गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।