प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा

काठमाडौँ, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन । लामो समयदेखि आफ्नो निजी सचिवका रुपमा रहेका भानुलाई आज प्रधानमन्त्री देउवाले प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री देउवाले आजै वीरेन्द्र थापालाई स्वकीय सचिवमा नियुक्त गरे। प्रधानमन्त्री देउवाले यसअघि परराष्ट्र सल्लाहकारमा डा दिनेश भट्टराई,…