१४ वर्षीय भीमवहादुरको पढार्इ खर्च पञ्चेबाजाले जुटाउँदै

सुशीला रेग्मी पाल्पास १९ फागुन । सिलुवा गाविसका १४ वर्षीय भीमबहादुर परियारले सहनाई बजाउँदै गरेको देख्ने जोकोही पनि अचम्मित हुन्छन् । उहाँले सहनाई बाजाको धुन निकालेपछि सबैमा उत्साह र रमाइलोपनको महसुस हुन्छ । उहाँ यही सहनाई बाजा बजाएर आफ्नो पढाइ खर्च जुटाउँदै आउनुभएको छ । सानै उमेरदेखि नै परियारले पञ्चेबाजामा विशेष चासो दिने गर्नुहुन्थ्यो ।…