भक्तपुर, १७ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सङ्घारमा भक्तपुरस्थित सानोठिमी क्याम्पस तनावग्रस्त बनेको छ । गए राति क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी भएको थियो । सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी ‘प्रचण्ड’ र नेविसङ्घले संयुक्त तथा एमाले निकट अनेरास्ववियु र अखिल क्रान्तिकारी विप्लव पक्षले संयुक्त समूह बनाएर उम्मेदवारी दिएका छन् । अखिल क्रान्तिकारी ‘प्रचण्ड’ का…