काठमाडौँ ७ मसीर । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै छोराछोरी नै आफ्ना लागि छोराछोरीसरह भएको बताएका छन् । आज आफ्नै निवास लाजिम्पाटमा आयोजना गरिएको स्व प्रकाश दाहालको श्रद्धाञ्जलिसभामा वितरण गरिएको लिखित मन्तव्यमा देशका सबै युवा–युवती हाम्रा छोरा प्रकाश जस्तै रहेको र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ…