पत्रकार फणि महतको निधन

रौतहट, ३१ वैशाख । रौतहटका पत्रकार फणि महतको निधन भएको छ । करिब दुईवर्षदेखि ब्रेन ट्युमरबाट पीडित महतको उपचारको क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार राति साढे १० बजे निधन भएको हो । रौतहटको चन्द्रपुर नगरपालिका ४ का ४० वर्षीय महत दुई दशकदेखि पक्रकारितामा सत्रिय थिए । चन्द्रपुरको रेडियो सुप्रिमको सञ्चालक समेत रहेका महत अन्नपूर्ण…