काठमाडौँ, १४ भदौ । गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ । प्रहरीका अनुसार शनिबार राति करिब १२ बजे स्थानीय सीता अर्यालको ढुंगा माटोले बनेको कच्ची घरमा आगलागी भएको हो । आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । `आगलागीबाट अन्नपात, लत्ताकपडा र भाडाकुडा सबै नष्ट भएको छ भने मानवीय क्षति भएको छैन ।…