तीनवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सर्लाही, ७ फागुन । ईश्वरपुर नगरपालिकास्थित खिलामा तीनवटा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । भारतमा दर्ता भएका मोटरसाइकल एकापसमा ठोक्किँदा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका मुकेश राय र रामज्ञान रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए । दुर्घटना गएराति भएको दुर्घटना भने अन्य दुई जना घाइते भएका छन् ।…