ग्रीस पठाइदिने भन्दै २४ लाख ठगी

काठमाडौँ, १२ फागुन । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा आइतबार (फागुन ११) प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका–४ का ३७ वर्षीय इन्द्रबहादुर केसी र बाराको करैयामाई गाउँपालिका–१ का ४६ वर्षीय बिशुनदयाल चौधरी छन् । इन्द्रले ग्रीस पठाइदिने भन्दै तीनजनाबाट २४ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।…