यात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने प्रविधि ३६ ठाउँमा जडान

काठमाडौँ, २३ माघ । काठमाडौँको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । बुधबारदेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौँ महानगरपालिकाले पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो ।  पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौँ महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार…