काठमाडौँ, २२ जेठ । आज मौसम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार पानीसँगै हावाहुरी चलेपछि जहाज उडान तथा अवतरणमा समस्या आएको हो । विमानस्थलको भिजिबिलिटी राम्रो रहेपनि तीव्र गतिमा हावाहुरी चलेसँगै जहाज उडान तथा अवतरणमा समस्या आएको हो । खराब मौसमकै कारण चीनको टाइनफुबाट काठमाडौँ आएको…