आज सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ, ११ साउन । आज  साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ । बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिएकी छन् । साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्। यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनका…