काठमाण्डौ,१७ पुस। विभिन्न राजनीतिक दलका युवा तथा भ्रातृ संगठनका कार्यकर्ता मेयर हर्क साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न पुगेपछि धरान उपमहानगरपालिका परिसरमा तनाव बढेको छ । परिस्थिति असामान्य हुनसक्ने भन्दै त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । कांग्रेस, एमाले, माओवादीलगायत दलका युवा तथा विद्यार्थी संगठनका कार्यकर्ता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल…