दुईजना मानिसको ज्यान लिने नरभक्षी बाघ मर्‍यो

काठमाडौँ, ७ जेठ । मकवानपुरको मनहरिमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो । शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । दश वर्षीया सो बाघ सौराहास्थित खोरमा राखिएको…