काठमाडौँ, ५ माघ । हेटौँडामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको सोमबार बिहान मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका ३७ वर्षीय देवेन्द्र भण्डारीको मृत्यु भएको हो । पूर्व–पश्चिम सडक खण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका—१५ नयाँ बस्तीमा मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक भण्डारी घाइते भएका थिए । उपचारको क्रममा उनको हेटौँडा अस्पतालमा मृत्यु…